सीमा विवादबारे भारतसँग वार्ता थाल्ने सरकारको तयारी





काठमाडौं । सीमा विवाद समाधानका लागि सरकारले भारतसँग वार्ता थाल्ने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सोमप्रसाद पाण्डेले सरकारले भारत सरकारसँग सीमा विवाद समाधानको लागि तत्काल वार्ता तथा छलफल अघि बढाउने तयारी गरेको स्पष्ट पारे ।




राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पाण्डेले सुगौली सन्धिमा नै भारतसँगको सीमाको बारेमा सबै कुरा टुँगो लगाईसकेको बताए ।

भारतीय सेनाले तत्काल उक्त नेपाली भुभाग छोड्न्पर्ने उनको भनाई छ । उनले वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक तुल्याउने दिशामा लागिरहेको पनि जानकारी दिए ।




सम्बन्धित
Loading...