कफीेले छालालाई बनाउछ सेतो र चम्किलो

212







जाडो महिना शुरु भएसंगै मानिसहरु न्यानोको लागी घाम ताप्ने गर्दछन् । जसका कारण उनिहरुलाई घामले प्रतक्ष असर गरिरहेका हुन्छन् ।


न्यानो हुने तोडमा मानिसहरुलाई घामले डढेर कालो हुदै गएको पत्तो नै हुदैन । त्यसैले आज हामी तपाईहरु लाई घामले डढेर भएको कालोपनलाई हटाउने उपायको बारेमा जानकारी दिन गईरहेका छौं । छाला डढनबाट बचाउन र डढीसकेको छालालाई पुरानै रुपमा फर्काउन कुनै मिहिनेत नै गर्न नपर्ने सजिलो घरेलु उपायको बारेमा बताउन गईरहेका छौं ।

डढेको छालालाई सेतो बनाउन कफीे एकदम प्रभावकारी र महत्वपूर्ण हुन्छ । कफीमा एन्टीअक्सिडेन्ट हुन्छ जसले छालामा हानी पुर्याउने विकिरणहरुसंग लडी छालाको रक्षा गर्दछ । कफीमा हुने कफिनले स्किनमा उर्जा दिई फेसमा रगत आदानप्रदान गर्न सहयोग गर्छ। जसले स्किनलाई एकदम त्वचा र उज्यालो बनाउछ । यसको प्रयोगले अनुहारको चाउरीपन रोक्न समेत मद्धत गर्छ।

विधि यसप्रकारका छन् ।

१। एउटा कचौरामा एक चम्चा कफी पाउडर, एक चम्चा चिनी र एक चम्चा ओलिव ओइल राख्ने र यी सामग्रीलाई मज्जाले मिसाउने । मिसाइसकेपछी अनुहार वा हातखुट्टामा लगाएर सर्कुलर मोसनमा २९३ मिनेट सम्म मसाज गर्ने । त्यसपछि अनुहारलाई पखाल्ने ।

२। फेस मस्कको लागि एउटा सफा कचौरामा एक चम्चा कफी पाउडर र एक चम्चा चामलको पिठो राखेर राम्ररी मिसाउने । त्यसपछि आधा चम्चा मह र २९३ चम्चा दहि राखेर राम्रो संग मिसाउने । यसको पेस्ट बनिसकेपछी अनुहार, घाँटी वा हातखुट्टामा लगाउने । लगाईसकेपछी पेस्टलाई १५ देखि २० मिनेट सम्म सुक्न दिने । त्यसपछि चिसो पानीले पखाल्ने ।


You might also like
Loading...