परासीमा गर्भपतनको औषधि बिक्री गर्ने सहित ३ जना विरुद्ध जिल्ला अदालत मुद्दा





परासी । झन्डै ६ महिनाको गर्भ तुहाउन औषधि खुवाउने र विक्रि गर्ने सहित ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मुद्धा चलाएको छ । रामग्राम १० कि २० वर्षिय युवतीलाई गर्भपतन गराउन उनिसंगै शारिरिक सम्बन्ध राखेका सोहि स्थानकै एक युवकले औषध खरिद गरि दिएका थिए ।
२० वर्षिय ति युवती र युवाको नाम भने प्रहरीले गोप्य राखेको छ । त्यी युवकले गर्भपतनको औषधि रामग्राम १६ हकुईमा रहेको अविस आयुर्वेदिक औषधि पसल बाट खरिद गरेको स्वीकार गरेपछि प्रहरीले पसलका संञ्चालक विश्वनाथ चौधरीलाई पनि पक्राउ गरी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख लालमणी आचार्यले सामुदायिक रेडियो परासीलाई जानकारी दिनुभयो ।
छिमेकी एक युवकसँग प्रेम सम्बन्ध रहेका कारण युवतीले गर्भ बोकेको प्रहरीले जनाएको छ । औषधि खाए पछि पेट दुखेर पृथ्वी चन्द्र अस्पतालमा उपचारका लागी आएपछि घटना बाहिर आएको हो । अस्पतालमा शौच गर्न गएकि युवतीले त्यहीँ मृत शिशुको जन्म दिएकी थिईन् त्यस लगत्तै चिकित्सकले प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी ‘गर्भ संरक्षणविरुद्ध’ मुद्दा चलाइएको प्रहरी प्रमुख आचार्यले जानकारी दिनुभयो । गर्भवती महिलाको मञ्जुरीमा स्वास्थ्यकर्मीले १२ हप्ता सम्मको गर्भपतन गराउन सक्ने कानुनमा व्यवस्था भएपनि मुलुकी अपराध संहिता २०७४ को फौजदारी कार्यविधि संहितामा गर्भपतन नगराए महिलाको ज्यानमा खतरा पुग्नेसहित विशेष कारणबाहेक गर्भपतन गराउन नपाइने उल्लेख छ । कसुर ठहरेमा उनिहरुलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।




सम्बन्धित
Loading...