मंसिर ३ गते देखि परासीमा औद्योगिक व्यपार मेला, प्रचण्डले उद्घाटन गर्ने

293







नवलपरासी औद्योगिक व्यपार मेलाको उद्घानका लागी पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डाक्टर युवराज खतिवडा आउनुहुने भएको छ । परासीमा यहि मंसिर ३ गते देखि सुरु हुने मेलाको तयारी बारे जानकारी दिन आईतवार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिईएको हो ।
मेलाको तयारी अन्तिम चरणमा रहेको उद्घाटनका लागी झाँकि सहितको भव्य कार्यक्रम गर्ने तयारी भईरहेको आयोजक उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।


मेला उद्घाटनकै क्रममा पश्चिम नवलरासीको पर्यटकिय क्षेत्रको विकास र औद्योगिक करिडोर को निर्माणका विषयमा छलफल कार्यक्रम पनि गर्ने तयारी भईरुहेको भण्डारीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले यस्ता मेला महोत्वसले यस क्षेत्रको आर्थिक उन्नतीमा टेवा पुर्याउने बताउनुभयो । विगत देखिनै मेला गर्दे आएको उद्योग वाणिज्य संघ नवलपरासी तराई क्षेत्रमा देशकै अग्रणी संघका रुपमा अगाडी आएको उहाँको भनाई छ ।
रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले व्यापारीक मेलाले यस क्षेत्रमा आर्थिक चलायमान हुने बताउदै सबै मिलेर मेला सफल पार्नुपर्ने बताउनुभयो । मेयर गुप्ताले मेला सकिएपछि मेलाको आर्थिक कारोबार बारे पनि समिक्षा सहित सार्वजनिक गर्न आयोजक संस्थालाई सुझाव दिनुभयो ।
सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले अब आयोजना हुने मेला पुरानै ढर्राबाट बाहिर आएर केहि खोजमुलक हुनुपर्नेमा जोड दिनुभयो । सिपमुलक कृषि र सिर्जनात्मक विषयलाई समेट्नुपर्नेमा उहाँको जोड थियो ।
पत्रकार महासंघका अध्यक्ष हरि शर्माले मेला सफल बनाउन मिडियाको विशेष भुमिका हुने बताउदै स्थानिय मिडिया संग प्रचार प्रसारका लागी प्राथमिकता दिएर अगाडी बढ्न सुझाव दिनुभयो ।


You might also like
Loading...