माडीमा २१ बर्षमा बन्यजन्तुको आक्रमणबाट ६८ जनाले ज्यान गुमाए





चितवन । चितवनको माडी नगरपालिका प्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्ज ऐन संशोधनको माग गरेका छन् । चितवनको माडीमा आयोजित राष्ट्रिय निकुञ्ज, मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यबस्थापन सम्बन्धी अन्तरक्रियामा नगर प्रमुख ढकालले निकुञ्ज ऐन २०२९ समयानुकुल संशोधन गर्नुपर्ने बताए ।

निकुञ्ज एन संशोधनमा बेवास्था वा ढिलाइ गरिनु भनेको निकुञ्ज, वन्यजन्तु र माडीका स्थानीयबीच द्वन्द्व बढ्दै जानु भएकाले दुवै पक्षलाई न्याय हुने गरी यथाशीघ्र ऐन परिमार्जन गर्नुपर्नेमा ढकालले जोड दिए । माडीका स्थानीयले २४ सै घण्टा चितवन राट्रिय निकुञ्ज हुँदै सुरक्षित यात्रा गर्न पाउनुपर्ने ढकालले बताए । ढकालले माडीवासीले भरतपुर बसेर अध्ययन गरेका आफ्ना छोराछोरीलाई फर्निचर भरतपुरमै उपचार गराउन बसेका आफन्तलाई तरकारी लान नपाइने अवस्थाको अन्त्य गर्न आग्रह गरेका हुन् ।


यता, निकुञ्जका जनावारबाट पटक–पटक जनधनको क्षति हुनु दुखद भएको उनले बताए । ढकालका अनुसार विसं. २०५५ यता माडीमा वन्यजन्तुको आक्रमणबाट ६८ जनाले ज्यान गुमाएका छन् । वन र वन्यजन्तु संरक्षण सबैको दायित्व भएपछि जनावारको अतांक र त्रासले स्थानीयमा संरक्षण प्रतिको चासो डगमगाएको उनको ठहर छ ।

निकुञ्ज ऐन संशोधनको माग लिएर स्थानीय जनप्रतिनिधि र बुद्धिजीवीहरु वन मन्त्रालयसम्म पुगेर छलफल समेत गरेका छन् । यद्यपि ती कुरा आश्वासनमै सिमित रहेको स्थानीयको समेत गुनासो छ । सो कार्यक्रममा संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पुर्णकुमारी सुवेदीले माडीको समस्या र पीडा आफूले महसुस गरेकाले आफ्नो तर्फबाट ऐन संशोधनको प्रयास गर्ने बताइन् ।

अन्तरक्रियामा संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु धनश्याम खतिवडा, राधा कुमारी ज्ञवाली, शान्त चौधरी, शान्तिमाया पाख्रिन, राजबहादुर बुढाक्षेत्रीलगायत स्थानीय जनप्रतिनिधिहरु सहभागी थिए ।




सम्बन्धित
Loading...