प्रदर्शनकारीको पेट्रोल बमले विश्वविद्यालयको गेटमा आगलागी

225







हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच रातभरी झडप भएको छ । हङकङ पोलिटेक्निक विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप भएको छ भने सोमबार बिहानैदेखि पुनः तनाव बढेको छ ।


प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम, ढुंगा र घातक हतियार प्रयोग गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

प्रदर्शनकारीहरूले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम र बाण प्रहार गरेपछि विश्वविद्यालयका प्रवेशद्वारहरूमा आगो लागेको थियो । प्रहरीले सो क्षेत्रलाई घेरेर राखेका छन् ।

सुरक्षाकर्मीले हिंसात्मक आन्दोलन र आक्रमण नरोके गोली प्रहार गर्ने चेतावनी दिएको छ । करिब ६ महिनादेखि हङकङमा जारी प्रदर्शनका कारण त्यहाँको जनजीवन नै अस्तव्यस्त बन्न थालेको छ ।

चीनको विशेष स्वायत्त क्षेत्र हङकङमा सुपुर्दगी विधेयकको विरोधमा सुरु भएको प्रदर्शनले उग्ररुप लिँदै गएको हो । सरकारले यसअघि नै सो विधेयक फिर्ता लिएपनि आन्दोलनकारीले अनेक माग राख्दै प्रदर्शनलाई निरन्तरता दिएका छन् ।


You might also like
Loading...