नेविसंघको प्रर्दशनमा प्रहरी हस्तक्षेप, २१ विद्यार्थी पक्राउ





नेविसंघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा नेपाली भूमि अतिक्रमण भएको विरोधमा बालाजुमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रर्दशनमा उत्रिएका नेबिसंघका २१ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको प्रर्दशनकारी विद्यार्थीले बताएका छन् ।




भारत र चीनले नेपाली भूमि कब्जा गरेको र सो भूमि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टको नेतृत्वमा बालाजु–बाइपासबाट निकालिएको राँके जुलुस माछापोखरीमा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले निरञ्जन थापा, ईश्वर अधिकारी, सुवास घिमिरे, शौरभ घिमिरे,विजय ढुंगाना, सुल्तान मियाँ, किरण भट्टराई, सन्तोष गुरुङ, पवन थापा, प्रदीपजंग शाह, राजन बुर्लाकोटी, मनोज राना, प्रशान्त लामिछाने, महेश्वर पौडेल, जगदिश थापा, ईश्वर थापा, ध्रुव अधिकारी, सन्तोष खलाल, भिम अधिकारी, रस गुरुङ, भानुभक्त उपाध्याय, अशोक क्षेत्रीलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त बालाजुमा थुनामा राखेको छ ।




सम्बन्धित
Loading...