परासीमा औधोगिक व्यापार मेला शुरु

1,347







गोपी ज्ञवाली –
नवलपरासी, ३ मंसिर । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा नवलपरासीको सदरमुकाम परासीमा पाँचौ औधोगिक ब्यापार मेला २०७६ मंगलवार देखी शुरु भएको छ ।
यहि मंसिर ३ गतेदेखि मंसीर १० गते संचालन हुने औधोगिक ब्यापार मेला सदरमुकाम परासीको नयां बस पार्र्क मैदानमा संचालित मेलाको उदघाटन पूर्वप्रधान मन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको हो ।
मेलाको उदघाटन गर्दै पुर्वप्रधान मन्त्री प्रचण्डले देश निर्माणा निजी क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउदै मेलाको सफलताको कामना समेत गर्नु भएको थियो ।
मेलामा स्थानिय स्तरका उत्पादन, कृषि, लघु उद्यम, तथा स्वदेशी उत्पादनको प्रवद्र्धन गरिने बताईएको छ । अघिल्ला बर्षहरुमा स्थानीय ब्यापारीहरुको सहभागिता कम भएकोले यसपटक सवैलाई सहज हुने गरी उद्योग बाणिज्य संघमा आवद्ध सदस्यहरुका लागि ६० प्रतिशत छुटको ब्यबस्था गरिएको बताईएको छ ।
२०६७ सालमा पहिलो पटक गरिएको नवलपरासी औधोगिक ब्यापार मेला जिल्लाको सदरमुकाम परासीमा आयोजना गरिएको भए पनि पछिल्ला दुई वटा ब्यापार मेला भने सुनवलमा आयोजना गरिएको थियो ।
यसपटक विभिन्न जात जातिहरुका भेष भुषा र संस्कृति झल्किने झंकीहरु परम्परागत कृषि औजारको प्रदर्शनी, कृषि उत्पादन सहितको मेलामा स्टल रहने नवलपरासी उद्योग बाणिज्य संघका महासचिव एवं मेला आयोजक समितीका प्रबक्ता गिरीराज पाण्डेले बताउनु भयो ।
नवलपरासी जिल्लालाई औधोगिक जिल्लाका रुपमा स्थापित गर्ने, नवलपरासीका रामग्राम स्तुप, त्रिवेणीधाम, बुद्धको मावली स्थान पंडितपुर, उत्तरको महलपोखरी लगाएतका पर्यटकिय स्थलको प्रचार प्रसार, स्थानिय उत्पादनको बजार प्रवर्धन गर्ने लगाएतका उदेश्यका साथ गर्न लागिएको औधोगिक ब्यापार मेलामाको आयोजना गर्न लागिएको बताईएको छ ।
कृषि पर्यटन एवं औधोगिक जिल्लाको रुपमा परिचित गराउदै यस क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकिय र जैविक विविधताको संरक्षण तथा प्रचार प्रसार गरी समग्र आर्थिक तथा सामाजीक क्षेत्रको विकास गराउने मेलाको उद्देश्य रहेको छ ।



You might also like
Loading...