देशभक्त जनगणतान्त्रिक मार्चा सुदूरपश्चिम प्रदेशको सम्मेलन धनगढीमा सुरु (फोटोफिचर)

313







कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेशकोे सम्मेलन धनगढीमा सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच मोर्चाको सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ ।


क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरोका इन्चार्ज रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सुरु भएको सम्मेलन उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्रमा प्रवेश गरेको छ ।

मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा सुदुरपश्चिम प्रदेशका संयोजक रामबहादुुर केसीको अध्यक्षतामा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि रामसिंह श्रीसले गर्नुभएको थियो । उद्घाटन सत्रमा प्रमुख अतिथि लगायत पार्टीका पीवीएम तथा प्रदेश सचिव अनुकूल, किसान महासंघ (क्रान्तिकारी)का प्रदेश संयोजक टंक कोइराला, पार्टी केस हरि सुवेदी, केस लालकिरण लगायतका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए ।


You might also like
Loading...