दलितको घर भन्ने थाहा पाएपछि पूजा गर्दागर्दै भागे पुजारी

291







कपिलवस्तु । कपिलवस्तुमा चन्द्राैटामा दलितको घरमा पुजा गर्दैनौ भन्दै पुजारी भागेका छन । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका मिलन विश्वकर्माकाे घर पुजा, सत्यानारायण पुजा र रुद्री पुजा अायाेजना गरेका थिए ।


पुजा शुरू गरेपछि दलित घर भएकाे थाहा भए पछि पण्डित भिम प्रसाद अाचार्य र गाेविन्द भट्टराई पुजा स्थान छाेडेर भागेकाे पिडित मिलन वि.कले बताउनु भएकाे हाे । घरको पुजा गर्ने ठाँउ समेत लिपपोट गरी सफा सुग्घर बनाइएको विहान १० बजे पुजा गर्ने सम्पुर्ण तयारी सिकएकाे थियाे ।

पुजा गर्ने विधि सुरु हुना साथ पुजारी अनेक बहान बनाई पुजाघरवाट बहिरा निस्कीएकाे बि.कले बताउनु भएकाे छ । धेरै समय सम्म कुरेपछी पण्डित फिर्ता नआएपछी एकाएका पण्डित भागेको खबर बहिरा आयो । पुजारी भागेपछी पुजा कार्य केही समय अलपत्र परेको थियाे । पुजा कार्य निरन्तरता दिनकाे लागि स्वर्गद्वरी अाश्रम खरेन्द्रपुरबाट पुजारी ल्याई विधिवत पूरा गरीयाे । पुजारी भाग्नु गलत कार्य भएको स्थानिय अगुवाहरुले बताएका छन ।

अहिले छुवाछुत अन्त्य भएको छ । यही कसैले यस्तो घृणीत कार्य गर्छ भने कानुनि कार्वाही हुनु पर्ने चन्द्रौटाका मेनाज खानले बताउनु भयो । नेपालमा छुवाछुत भेदभाव लगायतको कार्य गर्नु कानुन विपरित भएपनि अहिलेको अवास्थामा यस्तो हुने निकै निन्दनिय कार्य भएको छ । भागेका पुजारीलाई पक्राउ गरी कानुन बमोजिम कार्वाही हुनु पर्ने राम निवास पुरीले बताउनु भयो ।

अास्थाकाे कार्य घर पुजामा प्रदेश सभा सद्स्य, वडा अध्यक्ष लगायतको विशिष्ट ब्यक्तिहरूकाे सहभगीतामै पुजारी भगेको थिए । सो घटनालाई समासुन पार्नका लागि काेठे छलफल भैरहे पनि कानुनी उपचार खाेज्न पिडित परिवारले नसकेकाे देखिन्छ । यस्तो सामाजिक अपराध गर्नेलाई कानुनी कर्वाहि गर्नुपर्ने आम समुदायको माग रहेको छ ।


You might also like
Loading...