भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी; मन्त्रीहरुलाई भोलि कार्यक्रममा नजान प्रधामन्त्रीको निर्देशन

216












प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको मन्त्रीहरुलाई जानकारी गराएका छन् ।


मंगलबार मन्त्रिपरिषद्को बैठक राखेर उनले भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेको बताएका हुन् । ‘भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्छु होला । कोही दोहोरिनु होला, कोही बाहिरिनु होला’, बैठकमा प्रधानमन्त्रीले भने, ‘कसैले पनि अन्यथा नलिनुहोला ।’

मंगलबार बसेको मन्त्रिपरिषदमा ओलीले भोलि मन्त्रिपरिषद पुनगर्ठन हुने भएकाले मन्त्रीहरुलाई कुनै कार्यक्रम लिएर नजान आग्रह गरेका हुन् ।

नयाँलाई अवसर दिनुपर्ने र मन्त्रिपरिषद् पुनर्गठन गर्न बाहिरबाट पनि दबाव रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भोलि सार्वजनिक कार्यक्रममा नजान समेत आग्रह गरेको एक मन्त्रीले जानकारी दिए ।

सोमबार नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी थियो । तर प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सहमति नजुट्दा पुनगर्ठन रोकिएको थियो ।

दुई नेताबीच फेरि वार्ता हुँदैछ र बुधबार विहान नेकपा सचिवालय बैठक समेत बोलाइएको छ । स्रोतकाअनुसार दुई अध्यक्षबीच सहमति जुटेमा दिउँसो २ बजे अगाडि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।



You might also like
Loading...