आज मन्त्रिपरिषद पुनर्गठन

378












प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन्। उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गर्ने र कसैको मन्त्रालय परिवर्तन गर्ने भएका हुन्।


मन्त्रिपरिषदको मंगलबार साँझ बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेको औपचारिक जानकारी मन्त्रीहरूलाई दिएका हुन्। मंगलबारको मन्त्रिपरिषद बैठकको अन्तिममा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठनबारे जानकारी दिएका थिए।

कृषिमन्त्री चक्रपाणी खनाल, उद्योगमन्त्री मातृका यादव, महिला महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा र भौतिकमन्त्री रघुवीर महासेठलाई हटाउने तयारी भएको स्रोतले बताएको छ। ऊर्जामन्त्री वर्षमान पुनको मन्त्रालय हेरफेर हुनसक्ने सम्भावना रहेको बताइएको छ।

श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगतबहादुर सुनारलगायत पनि हट्ने सम्भावना रहेको बताइएको छ। त्यस्तै, कृषि राज्यम्नत्री रामकुमारी चौधरी र पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि पदमुक्त गर्ने तयारी भएको स्रोतले बताएको छ।    मन्त्रिपरिषद पुनर्गठनबारे लामो समयदेखि चर्चा चलिरहेको छ।

हालको मन्त्रिपरिषदमा रहेका पाँच देखि आठ जनासम्मलाई हटाएर नयाँ नेतालाई अवसर दिने तयारी भइरहेको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठनबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालसँग छलफल गरिसकेका छन्। पार्टीको सचिवालय बैठकमा पनि उक्त विषयमा छलफल भइसकेको र सबैले प्रधानमन्त्रीलाई उपयुक्त लागेको निर्णय गर्न तथा सरकारलाई प्रभावकारी बनाएर लैजाने निर्णय गर्न सुझाव दिएको बताइएको छ।



You might also like
Loading...