नेपाल एक गोलले पराजित

234







सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतसँग १-० ले पराजित भएको छ।


यसअघि कुवेतमा खेलिएको पहिलो लेगमा नेपाल ७-० गोल अन्तरले पराजित हुन पुगेको थियो।

‘होम एन्ड अवे’ अर्थात् दुवै देशमा पालैपालो खेल्नु पर्ने नियम अनुसार दोस्रो खेल काठमान्डूको दशरथ रंगशालामा हुनुपर्ने थियो।

तर एसियाली फुटबल महासंघका प्रतिनिधिहरूले गरेको सर्वेक्षणले काठमान्डूको रंगशाला तयार नभएको प्रतिवेदन दिएपछि खेलस्थल सारिएको थियो।

त्यसपछि कुवेतले उनीहरूको वातावरण सुहाँउदो देश कतारमा खेल आयोजना गर्न अखिल नेपाल फुटबल संघ एन्फासँग पहल थालेको थियो। तर एन्फाले नेपालको वातावरणसँग मिल्दो भुटानमा खेल्न रोजेपछि थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेल भएको हो।


You might also like
Loading...