यौन धन्दा गर्ने होटल सञ्चालिका सहित ८ जना पक्राउ


फाइल फोटो



उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा अबैध यौन धन्दा गर्ने एक होटल सञ्चालिका सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका– ११ एसके पेट्रोल पम्पको पछाडी होटल सन प्रा.लि.को अगाडी रहेको भेटघाट होटलमा प्रहरीले छापा मारी होटल सञ्चालिका त्रियुगा नगरपालिका– १० की सुष्मा राईसहित ३ महिला ५ जना पुरुष गरी ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।




होटलमा प्रहरीले अश्लिल क्रियाकलापमा संलग्न भएको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राती उनीहरुलाई पक्राउ गरेका हुन् । पक्राउ परेको सबैलाई आवश्यक अनुसन्धन गरिरहेको जनाएका छन् । एक होटल ब्यवसायीका अनुसार गाईघाट बजारमा करिब एक दर्जन होटलमा यस्तो यौन धन्दा हुने गरेको बताए । पक्राउ परेका सबैलाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।




सम्बन्धित
Loading...