नेकपा सचिवालय बैठक बस्दै : मन्त्रिपरिषद पुनर्गठनबारे अन्तिम गृहकार्य


काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्दैछ।




पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे १२ बजे बस्न लागेको बैठकमा मन्त्रिपरिषदबाट बाहिरिने मन्त्री र नयाँ नियुक्त हुने नेताबारे छलफल हुने बताइएको छ। सुरुमा ९ बजेका लागि तय भएको बैठक ११ बजेका लागि सरेको थियो। ११ बजेबाट पनि सरेर साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदमा हेरफेर गर्न लागेका छन्। उनले केही मन्त्रीलाई जिम्मेवारी मुक्त गरेर पार्टीका नेताहरूलाई मन्त्री बनाउने तयारी गरेका छन्। त्यस्तै केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने पनि प्रधानमन्त्रीको तयारी छ।




सम्बन्धित
Loading...