नवलपुरमा सिमा सम्बन्धि अन्तर्क्रिया कार्यक्रम हुँदै

372







भारतले हालसालै आफ्नाे देशकाे नक्सा सार्वजनिक गरेपछि नेपालभर यस्काे विराेध भईरहेकाे छ । युवा, विद्यार्थीका संठगनले दिनहूँजस्ताे नारा जुलुस गरिरहेका छन् ।


लेखक, पत्रकार, कलाकारहरूले पनि यस्काे विराेध गरिरहेका छन् । विभिन्न सिमाविद्हरू पनि यस्काे विराेधमा लागिरहेका छन् । नेपालभर धेरै ठाउँमा नेपाली भूमी अतिक्रमण भईरहँदा सिमाविद्हरू यसकाे बहस र अन्तर्क्रियामा लागिरहेका छन् ।

सिमाविद् बुद्धिनारायण श्रेष्ठ र रतन भण्डारीकाे टाेली विहीबार नवलपुरकाे डण्डामा आउँदै छन् । सिमावपद्संगै सिमाकै विषयमा निकै चर्का कुरा राखिरहने व्यक्ति साध्यबहादुर भण्डारी पनिसंगै आउने आयाेजकले जनाएकाे छ ।

अतिक्रमित नेपाली भूमि ( लिपुलेक, लिम्पियाधुरा, कालापानी तथा सुस्ता ) सम्बन्धि बहस तथा अन्तर्क्रिया कार्यक्रम अग्याैली सामुदायिक पुस्तकालय, कावासाेती-१६ डण्डामा हुनेछ । सिमा तथा जलसराेकार समाज, नेपाल यसकाे आयाेजक रहेकाे छ ।


You might also like
Loading...