प्रहरीलाई घुस दिन खोजेपछि अख्तियारको फन्दामा

102







होटलभित्र हुने अवैध गतिविधि लुकाइदिन प्रहरीलाई घुस दिनखोज्ने एक महिलालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको छ । टोका नगरपालिका–५ वसुन्धारामा सञ्चालित आगमन फुडल्याण्ड एण्ड गेष्टहाउसमा छापा हान्ने क्रममा गेष्ट हाउसका क्रियाकलाप लुकाइदिन आग्रह गर्दै होटलकी सञ्चालिका ४० वर्षीया सोममाया राईले प्रहरीलाई ५० हजार घुसको प्रलोभन दिएकी थिइन् ।

गेष्ट हाउसका नाममा अवैध यौन धन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारणमा प्रहरीले छापा हानेको थियो । सूचना अनुसार नै गतिविधि पाइएपछि ती महिलाले प्रहरीलाई घुस लिएर होटलका गतिविधिप्रति मौन रहन आग्रह गरिन् । तर प्रहरीले ड्युटीमा रहेको प्रहरीलाई घुस दिन खोजेको र जिम्मेवारी प्रभावित पार्न खोजेको भन्दै सञ्चालिका राईलाई पक्राउ गरेको छ ।


वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले अवैध गतिविधि हुने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा प्रहरीलाई घुस दिन खोजेपछि राईलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकी राईलाई आवश्यक कानूनी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको वृत्तले जनाएको छ ।


You might also like
Loading...