सिमा अतिक्रमणको विरोधमा जनमोर्चाद्वारा कावासोतीमा प्रदर्शन (भिडियो सहित)

246







नवलपरासी, ४ मंसिर । राष्ट्रिय जनमोर्चा नवलपुरले बुधबार कावासोतीमा प्रदर्शन गरेका छन् ।
भारतले नेपाली सीमा लिपुलेक कालापानी लगायतको क्षेत्रमा गरेको अतिक्रमणको विरोध गर्दै राष्ट्रिय जनमोर्चाले कावासोतीमा र्याली सहित विरोध प्रदर्शन गरेको हो ।
जनमोर्चाले कावासोतीको सभापति चोकबाट जिल्ला प्रशासन कार्यालयसम्म र्याली गरेका थिए ।
र्यालीमा कालापानी लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छोड जस्ता नारा समेत लगाएका थिए ।
र्याली पछि जनमार्चाका टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि गरिएको कोण सभामा देवराज पौडेल, एकराज पौडेल, विकाराम चौधरी लगायतले बोल्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए ।


 


You might also like
Loading...