उपनिर्वाचनका लागि बुंदीकालीमा विद्यार्थीबीच नमुना मतदान, साढे ८ प्रतिशत मत बदर




नवलपरासी । पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनका लागि विद्यार्थीहरुमाझ नमुना मतदान गरिएको छ ।
बुंदीकाली ५ बोबोकको उदय आधारभूत विद्यालयमा नमुना मतदान गरिएको हो । नमुना मतदानमा साढे ८ प्रतिशत मत बदर भएको थियो ।
त्यसैगरी निर्वाचनलाई लक्षित गरी बुंदीकाली ५ मा बुधबारदेखि ५ दिनसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन शुरु गरिएको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ ।



सम्बन्धित
Loading...