पाेखरामा नेपाल-भारत सिमा वैठक शुरू; उठ्ला त कालापानीका कुरा





पोखरा । अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदानप्रदान लगायत विषयमा छलफलका लागि नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक बुधबार पोखरामा सुरु भएको छ ।

पोखरा महानगरपालिका वडा १७, दोबिल्लास्थित माउन्ट ग्लोरी रिसोर्टमा ३ दिनसम्म चल्ने बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र एसएसबीका महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोली सहभागी छ । बैठकमा सहभागी भारतबाट ६ जनाको टोली पनि रहेको छ ।




दुई देशबीच सीमा विवाद चर्किरहेका बेला यहाँ हुने सीमा सुरक्षा बैठकमा सञ्चारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ । भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे बैठकमा छलफल नहुने भनिए पनि सुरक्षा स्रोतका अनुसार नेपाली पक्षले कुरा उठाउने सुरक्षा स्रोतले जनाएको छ ।

नेपाल—भारत सीमा सुरक्षा बैठक हरेक वर्ष आयोजना गर्ने प्रावधान छ । नेपाल—भारत सीमा सुरक्षा बैठक नियमित हुन सकिरहेको छैन । ०६९ सालयता जम्मा तीन पटकमात्रै नेपाल—भारत सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक पोखरामा बसेको हो ।




सम्बन्धित
Loading...