मेला माथि मेला; परासीको मेला नसकिदै सुनवलमा आजदेखि मेला शुरु

285







फाइल फोटो

मंसिर ५, नवलपरासी । “कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको सुनवल उद्योग बाणिज्य संघको आयोजनामा भोलि देखि मेला शुरु हुँदैछ ।
परासीको मेला शुरु भएको दुई दिन पछि नै सुनवलमा मेला हुन लागेको हो । मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
सुनवल १ सोमनाथको बजार परिसरमा हुने प्रादेशिक औधोगिक व्यापार मेला २०७६ को तयारी पुरा भएको मेला आयोजक समितिका अध्यक्ष रमेश कर्माचार्यले बताए ।
मेलाकोसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने कार्यक्रम रहेको बुधवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
नेपाल लगायत छिमेकी राष्ट्रहरुका उत्पादक, उपभोक्ता, वितरक, उद्योगी व्यवसायीहरु र निर्यातकर्ताहरुलाई एकै थलोमा जम्मा गरी स्थानीय तथा स्वदेशी सामग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु साथै लगानी तथा नयाँ प्रबिधि सम्बन्धमा आपसी जानकारी आदानप्रदान गर्ने उद्देश्यले व्यापार मेलाको आयोजना गरिएको आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष कर्माचार्यले बताए ।
मेलामा १ सय ६५ स्टल रहेछ ।
मेला स्थलको प्रवेशद्वार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ ।



You might also like
Loading...