कपडा धुन गएकी महिलाको दुवै स्तन काटेर दुई जना फरार





भोजपुरको षडानन्द नगरपालिका–८ मा एक महिलाको दुवै स्तन अज्ञात नकापधारीले काटिदिएका छन् ।

लुगा धुन गएकी महिलालाई मुख छोपेर आएका दुई जना नकापधारीले दुई वटै स्तनको टुप्पो काटेर फरार भएका हुन् । स्तन काटिएपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

कपडा धोइरहेकी महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर लछारपछार पारी स्तन काटेर गम्भीर घाइते बनाई फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
महिलामाथि आक्रमण गर्नेका पहिचान खुृलेको छैन । सो घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली घटनास्थलमा पठाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक अमनलाल माझीको कमाण्डमा टोली घटनास्थलमा पुगेर फरार भएकाहरुको खोजी गरिरहेको छ ।




सम्बन्धित
Loading...