स्क्याभेटर र टिपरमा प्रेसर कुकर बम आक्रमण

236







बुधबार रात सिन्धुलीमा दुईवटा स्काभेटर र टिपरमा प्रेसर कुकर बम आक्रमण भएको छ । दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा रोकी राखेको स्क्याभेटर र टिपरमा अज्ञात समूहले बम विस्फोट गराएका हुन् ।

मारुती सिमेन्ट खानीको बाटो निर्माणका क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्क्याभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्क्याभेटर र को १ क. १५४६ नम्बरको टिपरमाथि अज्ञात समूहले बम आक्रमण भएको सिन्धुली प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताहरूले बम बिस्फोटन गराएको हुनसक्ने अनुमान गरेको छ । विस्फोट गराउने समूहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


You might also like
Loading...