फिरौती माग्ने चार जना पक्राउ

151







कैलालीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । धनगढी उपमहानगरपालिका–८ का अनिलचन्द, प्रदीप गिरी, सन्दीप श्रीवास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरूसँग लागूऔषध ब्राउन सुगर छ भनी कुटपिट गर्नुका साथै १ लाख रुपैयाँ नदिएमा लागूऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।


पीडित अरुण चौधरी उनीहरूको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई जानकारी गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।


You might also like
Loading...