अतिक्रमित भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाजद्वारा र्याली

517







शोभा जि.सी.  –


कावासोती । भारतीय पक्षले अतिक्रमण गरेको सुस्ता भूमि फिर्ता गराउन माग गर्दै क्षेत्री समाज नवलपुरले कावासोतीमा प्रदर्शन गरेका छन् ।
क्षेत्री समाज नवलपुरका अध्यक्ष कोषराज कार्कीको नेतृत्वमा रहेको टोलीले कावासोतीको सभापति चोकदेखि जिल्ला प्रशासन कार्यालय नवलपुरसम्म र्याली गरेका थिए ।
उनीहरुले कालापानी लिपुलेकबाट भारतीय सेना फिर्ता गर, नेपाली भूमि फिर्ता गर, जस्ता नारा लगाएका थिए ।
र्याली प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाउँदै कोण सभामा परिणत भएको थियो ।



You might also like
Loading...