नवलपुर चेम्बरको पदस्थापना कार्यक्रम

479







पार्वती पाण्डे

नवलपरासी । नवलपुर चेम्वर अफ कर्मसको साधारण सभा तथा पदस्थापना सभारोह कार्यक्रममा विहीबार कावासोतीमा भएको छ ।


नेपाल चेम्बर राष्ट्रिय अध्यक्ष राजेश काजि श्रेष्ठले प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा संबिधान सभा सदस्य कृष्ण पौडेल, नेपाल चेम्बरका गण्डकी प्रदेश इन्र्चाज र केन्द्रिय सदस्य यदुनाथ अधिकारी लगायतले शुभकामना दिएका थिए ।

नवलपुर चेम्बर अफ कर्मसका महासचिब लालप्रसाद बरालको सञ्चालनमा भएको कार्यक्रममा यस क्षेत्रका वितिय संस्था, बैंक, आन्तरिक राजस्व कार्यलय, शिक्षा इकाई, कलेजका प्रतिनिधि, उद्योगी, व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नवलपुर चेम्बर अफ कर्मसको पहिलो साधारण सभाबाट चयन भएका नयाँ कार्य समितिलाई पद स्थापना गरिएको थियो ।

कार्यक्र्रम नवलपुर चेम्वर अफ कर्मसका अध्यक्ष दिपक भण्डारीको अध्ययक्षतामा भएको हो ।


You might also like
Loading...