६३ वर्षीया शिक्षिकाको १७ वर्षीया विद्यार्थीसँग यौन सम्बन्ध


अमेरिकाको उत्तरी क्यारोलिनाको एक उच्च माविकी शिक्षिका आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छन् । विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा ६३ वर्षीया शिक्षिका इम्मा ओग्ले पक्राउ परेकी हुन् ।



गैरिन्गर उच्च माविमा अध्यापन गराउने ओग्लेलाई विद्यार्थीसँग यौन सम्बन्ध राखेको राखेको विषयमा छानविनका लागि निलम्बन गरिएको छ भने तलब समेत रोक्का गरिएको छ ।

उनीहरु केही महिनाअघि देखि नजिकिएको र सो सम्बन्ध यौन सम्बन्धमा परिणत भएको उल्लेख गरिएको छ । बिहीबार पक्राउ परेकी उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।




केहीदिन अघिमात्र राजधानी वासिंगटन डिसीमा १६ वर्षीय विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा २८ वर्षीया शिक्षिका ओलिभिया सिन्धेमलाई अदालतले १ वर्ष जेल सजाय सुनाएको थियो ।

अमेरिकामा १६ वर्ष पुगेपछि सहमतिमा यौन सम्बन्ध राख्न छुट भएपनि छात्रसँग अनुचित सम्बन्ध राखेको आरोपमा उनलाई जेल सजाय तोकिएको हो ।



सम्बन्धित
Loading...