धादिङको विकट रुवीभ्याली गाउँपालिका नयाँ प्रहरी चौकी

276







धादिङ जिल्लामा नयाँ प्रहरी चौकी स्थापना भएको छ । जिल्लाको उत्तरी विकट हिमाली क्षेत्र रुवीभ्याली गाउँपालिका–५ लापामा नयाँ प्रहरी चौकी स्थापना भएको हो ।

नेपाल सरकार मन्त्री परिषदको गत असोज ७ गतेको निर्णय अनुसार प्रहरी चौकी स्थापना भएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।


चौकीको धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार र रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङले बिहीबार संयुक्त रुपमा उद्घटन गरेका थिए ।

भौगोलिक कठिनाइको कारण संवेदनशिल मानिएको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएपछि त्यहाँका नागरिकले सहज रुपमा प्रहरी सेवा प्राप्त गर्न सक्ने जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारको भनाइ छ ।


You might also like
Loading...