स्थानीय तहका कृषि शाखा कर्मचारी अभाव





नवलपरासी। पश्चिम नवलपरासीका स्थानीय तहमा रहेका कृषि शाखाहरु अहिले कर्मचारी विहिन अवस्थामा रहेका छन्।
कर्मचारी समायोजनका कारण स्थानीय तहका कृषि ज्ञान केन्द्र वा अन्य कार्यालयहरुमा गएको र कर्मचारी समायोजन भई स्थानीयतहका कार्यालयहरुमा नयां कर्मचारीहरु नआएका कारण स्थानीय तहका कृषि शाखाहरुमा आवश्यक कर्मचारीको अभाव रहेको छ । पश्चिम नवलपरासीको रामग्राम, वर्दघाट नगरपालिका, सरावल, पालिनन्दन, सुस्ता लगायतका गाँउपालिकाको कृषि शाखामा आवश्यक कृषि शाखाहरुमा आवश्यक कर्मचारीको अभाव रहेको छ।
जिल्लाको सदरमुकाम परासी स्थित रामग्राम नगरपालिकामा स्थानीय तह गठन भएदेखि नै कर्मचारीको अभाव रहदै आएको अवश्थामा पछि कर्मचारी समायोजनका क्रममा पालिकामा भएका अन्य कर्मचारीहरु पनि अन्यत्र गएपछि कार्यालयको कृषि शाखा आधिकारी विहिन भएका रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले बताए।
कर्मचारी समायोजनका क्रममा नगरपालिकाका कर्मचारी जिल्ला कृषि ज्ञान केन्द्र सहित अनेत्र गएपछि रामग्राम नगरपालिकाको कृषि शाखा अधिकृत विहिन रहेको छ । माथिल्ल्लो निकायमा बारम्बार कर्मचारी आवश्थकताको पत्र पठाईएको भए पनि अहिलेसम्म कृषि शाखामा आवश्थक कर्मचारी नपठाएको र अहिले तल्ला स्तरका कर्मचारीको नेतृत्वमा कृषि शाखा रहेको प्रमुख रेग्मीले बताए । कृषिशाखामा एक अधिकृत सहित पाँच जना कर्मचारीको दरबन्दी भएको भए पनि अहिले जम्मा दुई जना कर्मचारी शाखामा काम चलाई रहेका छन ।
जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुलाई स्थानीय तहहरुमा पठाईए पछि जिल्ला कार्यालयमा रहेका विषय विज्ञहरु पनि अन्य कुनै न कुनै स्थानीय तहमा गएपछि जिल्लाका अन्य स्थानीय तहहरुमा कृषिका विषय विज्ञको अभाव खडकिएको रामग्राम नगरपालिका वार्ड नम्बर १५ का अगुवा किसान चन्द्र शेखर जैसवालले बताए। अहिले कर्मचारी व्यावस्थापनले कृषि क्षेत्रका कर्मचारीको व्यवास्थापन व्यवहारिक नभई कृषिका माछा विशेषज्ञ, बालिविकास अधिकृत, वागवानी विज्ञ लगायतका विषय विज्ञहरु कर्मचारी समायोजनले कृषिका विज्ञहरु कुनै पालिकामा परेका छन भने कतिपय पालिका खाली रहेकाले सेवाग्राहीहरु मर्कामा परेको बताईएको छ ।




सम्बन्धित
Loading...