उच्च अदालतले माग्याे महरालाई थुन्ने जिल्ला अदालतकाे आदेश

270












उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको अभियोगमा थुनामा राखेर अनुसन्धान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश पेस गर्न आदेश दिएको छ ।


थुनामा पठाउने आदेशविरुद्ध महराले दिएको १७ नम्बर निवेदन (थुनामा राख्ने आदेश बदर माग गर्दै दायर निवेदन) मा सुनुवाइ गर्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले आज यस्तो आदेश दिएको हो ।

उच्च अदालतमा महराले आफूलाई साधारण तारेखमा राखेर मुद्दा  सुनवाइको सुविधा हुनुपर्नेमा थुनामा पठाउने जिल्लाको आदेश बदनियतपूर्ण भन्दै सो आदेश खारेज गर्न माग गर्दै निवेदन दिएका थिए ।

उच्च अदालतको यो आदेशसँगै अव काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउने आदेशसहितको प्रतिवेदन (कैफियत प्रतिवेदन) उच्च अदालतलाई पठाउनुपर्नेछ ।



You might also like
Loading...