दाेलखामा सवारी दुर्घटनामा एक जनाकाे मृत्यु

265







दोलखा। दाेलखाकाे भीमेश्वर नगरिपालिका–५ स्थित सत्तरी गोलाइमा यात्रुवाहक बसले किच्दा एक महिलाको मृत्यु भएको छ।

जिरीबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा २ ख ६२०४ नम्बरको सगरमाथा यातायातको बसले शुक्रबार राति ८ बजे किच्दा भीमेश्वर नगरपालिका–५ की ३० वर्षीया उर्मिला श्रेष्ठको मृत्यु भएको हो।

नयाँपुल बजारबाट चढेकी उनी घर नजिकैको सत्तरी गोलाइमा ओर्लिने क्रममा अनियन्त्रित भई लड्दा सोही बसले किचेर घाइते भएकी थिइन्।

उपचारका लागि सदरमुकाम चरिकोट ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको दोलखा प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।



You might also like
Loading...