चितवनमा मोटरसाइकल दुर्घटनामा तीन जना घाइते

300







भरतपु्र । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा गएराति १०ः१५ बजेको समयमा दुईवटा मोटरसाकल एक आपसरमा ठक्कर खाएर दुर्घटनामा परेका छन् । विपरीत दिशाबाट आएका दुईवटा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था मध्यम रहेको र १ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


काठमाडौबाट मुग्लिन तर्फ आउदै गरेको ग. ४ प. ३५२४ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको लु.४ प. ४९९९ न.. को मोटरसाइकल एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो । घाइते सबैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनामा परेको दुई वटै मोटरसाइकल ईलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


You might also like
Loading...