दलितका मुद्दा सशक्त पार्न पत्रकारहरु एकजुट

125







दलितका मुद्दालाई मूलप्रवाहमा ल्याउने तथा दलित समुदायका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘क्रियाशील दलित पत्रकार संघ नेपाल (आड्जोन) गठन गरिएको छ ।

नागरिक दैनिकमा कार्यरत पवित्रा सुनारको अध्यक्षमा १३ सदस्यीय कार्यसमिति जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता गरिएको हो ।
संघको उपाध्यक्षमा रेडियो नेपालका टिकाराम सुनार, महासचिवमा सीआईएन रेडियोका केशव भुल, सचिवमा अनलाइनखबरका विश्वास खड्काथोकी र कोषाध्यक्षमा उज्यालो नाइन्टी नेटवर्कका विष्णुबहादुर विक (विष्णु विवेक) रहेका छन् ।


संघको सदस्यमा नयाँ पत्रिकाका प्रकाश धौलाकोटी, आर्थिक अभियान दैनिकका मिलन विश्वकर्मा, इमेज टेलिभिजनकी रुपा सुनार, सीआईएन रेडियोकी सिर्जना बराल छन् । यसैगरी, रेडियो नेपालका रमेश टमट्टा, थाहा सञ्चार रेडियो नेटवर्कका कोमलमान विश्वकर्मा, हिमालय टेलिभिजनका सन्देश परियार, हिमालय टाइम्स दैनिकका सरिता मिजार पनि नवगठित कर्यसमितिमा सदस्य छन् ।
बौद्धिक बहसको थालनी गर्दै दलितका मुद्दालाई मिडियामा जोडतोडका साथ उठाउनका लागि संगठित भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संस्थाकी अध्यक्ष पवित्रा सुनारले दलित समुदायका लागि भन्दै विगतमा गठन गरिएका धेरै संघसंस्थाको काम प्रभावकारी नदेखिएकाले आफूहरुले नयाँ संस्थाको स्थापना गरेको बताइन् । ‘हामीले पत्रकार साथीहरुलाई एकताबद्ध गरेका छौं,’ उनले भनिन्, ‘हामी कलमको माध्यमबाट समतामूलक समाजको स्थापनामा योगदान गर्नेछौं ।’


You might also like
Loading...