मोटरसाइकल नामसारी नगरेकाे निहुमा श्रीमतिकाे हत्या

227







दाइजोमा दिएको मोटरसाइकल आफ्नो नाममा नगरेको भन्दै एकजनाले पत्नीको हत्या गरेका छन् । धुनषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरका प्रकाश मण्डलले दाइजोमा दिएको मोटरसाइलक आफ्नो नाममा नामसारी नगरेको भन्दै २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन् ।


प्रकाशको प्रहारबाट मृत्यु भएकी कुसुम घाइते रहेको भन्दै ससुरा रामचन्द्र मण्डलले उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याएका थिए । कुसुमको शव अस्पताल पु¥याउनासाथ उनी पनि फरार रहेको माइतीपक्षले जनाएका छन् ।

शनिबार बिहान मात्रै जानकारी पाएपछि माइती पक्ष पाएपछि मात्रै अस्पताल पुगेका थिए । हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण आफ्नी छोरीको हत्या गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेको हो ।’


घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए । कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टमका लागि राखिएको छ । अस्पतालका चिकित्सकले पनि कुसुमको हत्या भएको बताएका छन् । कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो ।

विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदीसमेत दाइजो माइती पक्षले दिएको बताएका छन् । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ ।


You might also like
Loading...