यस्तो बन्दै छ कावासोती नगरपालिको नयाँ कार्यालय भवन

१२ करोडको लागतमा ३ तले ५० कोठे भवन बन्दै

1,063












  • शोभा जि.सी.


पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले १२ करोडको लागतमा भवन निर्माण शुरु गरेको छ ।
यसै आर्थिक बर्षको साउनदेखि २ बर्षभित्र भवन निर्माण गरिसक्ने गरी निर्माण शुरु गरेको हो ।
यस बर्ष प्रदेश सरकारको १ करोड र नगरपालिकाको ५ करोड गरी ६ करोड बजेट विनियोजन भएको कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले बताइन। हाल नगरपालिकाको कार्यालय रहेको कावासोती २ अर्थात साविक शिवमन्दिर गाविसको भवन रहेकै स्थानमा भवन निर्माण शुरु भएको हो।



एक तला जमिन मुनी रहने गरी भवन निर्माण शुरु भएको हो। तत्कालका लागि ३ तले भवन निर्माण हुने छ। जसमा ४९ देखि ५० वटा कोठा रहने छन्। भवन १२ हजार स्क्वाएर फुटको हुने कावासोती नगरपालिकाका पवन रुपाखेतीले बताए।
भवनमा तालिम हल, नगरपालिकाको कार्यालय र नगरपालिकासँग सम्बन्धित अन्य कार्यालयहरुका साथै नगरप्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत र कर्मचारीहरुको कार्यकक्षहरु समेत रहने गरी निर्माण शुरु गरिएको हो।
भवन निर्माणको समय अवधि दुई बर्षको भए पनि ठेकेदार कम्पनिले द्रुतगतिमा भवन निर्माण कार्य अगाडि बढाएकोले १८ महिनामै सकिने सम्भावना रहेको नगर प्रमुख पुनले बताइन्।



You might also like
Loading...