चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा प्रदर्शन

307












चितवन । चितवन मेडिकल कलेजका विद्यार्थीहरुको नेतृत्वमा चितवनमा आइतबार वृहत प्रदर्शन गरिएको छ ।
मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक र नागरिक समाजको अगुवाइमा प्रदर्शन भएको हो ।
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थी र अभिभावकहरुको प्रदर्शन गरेका हुन् ।
चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ ।
मेडिकल कलेजले गैरकानुनी रुपमा उठाएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले मेडिकल कलेजलाई दिएको १५ दिनको समय भोलि सोमबार सकिँदैछ ।
विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको छ ।
सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थीहरुले जनाएका छन् । होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसन लगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ ।




You might also like
Loading...