अहिले नसुध्रिए कहिले सुध्रिने काँग्रेस
जव म आफनै अतित तिर फर्केर हेर्छु, अनेकौं अतार चढाब देख्छु । २००३ सालदेखिको नेपाली कांग्रेस, प्रजातन्त्र र नेपाली जनताप्रतिको मेरो परिवारको लगानी, त्याग, निष्ठा र समर्पणबाट मेरो बाल्याकाल स्कुलिङ्ग, संगतबाट गुिञ्जए। यो देशका ऐतिहासिक नेताहरु काशीनाथ गौतम, श्री भद्र शर्मा, कृष्णप्रसाद भट्टराई जस्ताको संगत र मेरो बुबा २०१६ सालको सांसद (तत्कालिन ९१ क्षेत्र अर्घाखाँची) को स्व. पुष्करनाथ पोख्रेरेलको निगरानी र आर्दशबाट समाहित भए ।
प्रजातन्त्रको पुनः स्थापनाको संघर्षमा विविध ठाउँमा विविध पेशको साथ संघर्षको चरणमा ४० बसन्त व्यथित गर्दा अर्घाखाँची, काठमाण्डौ, नवलपरासीको बर्दघाट र हाल कावासोतीमा सक्रिय राजनितिक भुमिका निभाइरहेको छु । मेरो अनुभवमा नेपाली कांग्रेसका पुराना नेतादेखि हालका नेतासम्मको संगत भयो । तर पुराना नेताहरु मेरो बुबाको सहकर्मी भएको कारणले काशीनाथ गौतम, श्रीभद्र शर्मा, महेन्द्र नारायण निधी, परशुनारायण चौधरी जस्ताको संगत गर्ने अवसर पाए। तर पुराना नेताहरुमा सादगीपूर्ण जीवनशौली, निष्ठा, त्याग, इमान्दनतारिता र राष्ट्र र जनताप्रति समर्पणको भावना देखिन्थ्यो, भने हालका नेता मात्यो मैले पाउन सकेको छैन। जसको कारण नेपाली काँगे्रस सैद्धान्तिक र ऐतिहासिक रुपमा उत्कृष्ठ हुन नसकेको यथार्थ हो।
मेरो राजनैतिक जीवनमा कागे्रंस आज जस्तो कमजोर अवस्थामा थिएन । अहिले काँगेस गर्विलो इतिहास र धुमील बर्तमान भएको पार्टी भएको छ, कागे्रंसको संगठनीक अबस्थाआर्दश अनुकुलहुन सक्यो वा सकेन ? निर्वाचनको नेतृत्व हामीले गर्दा, त्यसको जस हामीले किन लिन सकेनौ? टिकट वितरणमा आर्थिक चलखेल, नाता चाकडी र केन्द्र मुखी किन भयो? के शुद्घ कागे्रंस भएर बाच्न सकिन्न? संघियता र धर्मनिरपेक्षताको पक्षमा उभिदां पार्टीमा गहन र बृहत छलफल किन गरीएन ? के कागे्रसले अरुको ऐजेण्डाको भारी बोक्ने हो?
यि चावत प्रश्नको पार्टी प्रति चिन्तित भई बृहत समीक्षा सहित इमान्दारिताका साथ आत्माको आवाज सहित प्रस्तुत हुन निष्ठावान सबैमा हार्दिक अपिल गर्न चाहन्छु । प्रजातान्त्रमा विचारको बहुलता हुन्छ, तर यहाँ सिमित नेताको मात्र बिचार र भावना लादिएको छ। हामीहरु जस्ता साधारण कार्यकर्ताले आफ्नो विचार भावनालाई पार्टीमार्फत जनतामा प्रष्फुटन गर्न पाउदैनौं, जुन दुर्भाग्यपूर्ण छ, भइरहेको छ ।
गत निर्वाचन पछि गठन भएको २/३ को सरकारबाट छिटो छरितो सेना, सुसासन, तीव्र विकास समृद्घी हाल उडेको धुलो जस्तो भएको छ। महंगी, भ्रष्टाचार, हत्या, हिंसा, करआतंक बढेको छ, तर कांग्रेसले प्रतिपक्षी भुमिका किन निभाउन सकेन? अहिले राजनितिमा आर्दश, नैतिकता, इमान्दारिता, साहस, लगनशिलताको अभाव देखिएको छ। लोभलालच, चाकडी, नातावाद, कृपावाद र स्वार्थले गाजेको काग्रेंसलाई यसबाट मुक्त गराउन सकिएन भने छिट्टै सर्वसत्तावादलाई स्वागत गर्नुको विकल्प नहुन सक्छ।
त्यसैले काग्रेंसका नेतृत्वले सादगी जीवन शैली, इमान्दार, सहज पद हस्तान्तरण प्रवृति देखाउदै तटस्थ, स्वोतन्त्र आत्मअनुशासित हुन जरुरी छ । सामान्तवाद, सत्तामोह, सम्पत्ति मोह, पद लोलुपता प्रवृति त्याग्नुपर्छ र इतिहासमा दुःख गरेका व्यक्तिलाई उचित सम्मान गर्दै, योग्य इमान्दार, ऐतिहासिक र समाजमा स्वच्छ छवि भएकालाई राजनैतिक र सामाजिक जिम्मेवारी दिनु पर्छ । निति र विधिमा आधारित नेतृत्व प्रदान गर्दै, राजनैतिक गतिशिलता र समसामयिक प्रभावकारिता देखाउनु आजको आवश्यकता हो ।
वर्तमान सरकारको अहंकार, असंवैधानिक, अलोकतान्त्रिक, कदमहरुको भण्डाफोर गर्दै, जनतालाई सु–सुचित, सजग, सचेत बनाउदै अगाडि बढ्नुपर्छ। कार्यकर्ताहरु कुनै अमुक नेताको गोजीको नभई राष्ट्र र पार्टीको हितमा योगदान दिन सक्ने गरी रुपान्तरित हुनुपर्छ।
लेखकः नेपाली काँग्रेस कावासोती नगर सदस्य एवम् ट्रेड युनियन काँग्रेस नवलपुरका जिल्ला सदस्य हुन् ।