नवलपुरमा मदिरा विक्री वितरण र सेवन गर्न रोक


  • शोभा जि.सी. –




कावासोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिक ५ मा वडाअध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी नवलपुर प्रशासनले मदिरा तथा मादकपदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले सोमबार सार्वजनिक सूचना जारी गरी ¬बुंदीकाली ५ को निर्वाचन तथा मतदान हुने क्षेत्र वरिपरी र मतगणना स्थल वरिपरि मादक पदार्थ विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
पूर्वी नवलपरासीको बुंदीकाली ५ मा मंसिर १४ गते वडाअध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । यहाँ वडाअध्यक्षको लागि ३ जनाको उम्मेदवारी परेको छ ।
सूचनामा उपनिर्वाचिन शान्तिपूर्वक, मर्यादित र भयरहित तवरले सम्पन्न गर्नका लागि उक्त निर्वाचन क्षेत्र ठाउँ वरपर र मतगणना स्थल वरपर २०७६ मङ्सिर १२ गतेदेखि निर्वाचन अवधि भर मादक पदार्थ बिक्रीवितरण तथा सेवन गर्न निषेध गरिएको जनाइएको छ ।
त्यसैगरी सूचना विपरित कार्य गरेको पाइएमा कारवाही गरिने चेतावनी समेत दिइएको छ ।







सम्बन्धित
Loading...