चितवनको विकास नमुना मोडलमा : नेकपा अध्यक्ष प्रचण्ड

370












नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनलाई देशकै नमुना विकासको मोडलमा विकास गर्ने आफ्नो परिकल्पना रहेको बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका १६ विजयनगरमा सोमबार आयोजित उपनिर्वाचनको चुनावी सभामा प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको बताएका हुन् ।


चितवन निर्वाचन क्षेत्र नः ३ का सांसदसमेत रहेका उनले बाँकी साँढे दुई वर्षको अवधिमा चितवनका मूल सडक र मुख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिबद्धता जनाए । नारायणी र राप्ती नदी नियन्त्रण गर्ने, जंगली जनावर र मानव बीचको द्वन्द्व कम गराउन तटीय क्षेत्रमा रिङरोड, ड्याम निर्माणको काम त्रीव गतिमा अघि बढेको प्रचण्डको भनाइ छ । चितवनलाई भन्दै सोही अनुसार विभिन्न निकायबाट बजेट तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रचण्डले बताए ।



You might also like
Loading...