विद्यार्थीबाट असुल गरेको वढी शुल्क फिर्ता गर्न निजी मेडिकल कलेज तयार

310












निजी मेडिकल कलेजहरू विद्यार्थीबाट असुल गरेको वढी शुल्क फिर्ता गर्न तयार भएका छन् । कलेजहरुले भोलि मंगलबारसम्ममा बढी शुल्क फिर्ता गर्न खाका बुझाउन तयार भएका हुन् । शुल्क फिर्ता गर्न सरकारले २४ घण्टे अल्टिमेटम दिएको थियो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग सोमबार भएको वार्तापछि कलेज संचालकहरू तोकिएकोभन्दा बढी शुल्क फिर्ता गर्न तयार भएको मन्त्रालयएका एक अधिकारीले बताए ।


शिक्षामन्त्री चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी र मेडिकल कलेज संचालकबीचको छलफलमा कलेज संचालकहरूले भोलि (मंगलबार) नै रकम फिर्ता गर्ने खाका सरकारलाई बुझाउने प्रतिबद्धता जनाएको हो ।

उनीहरूले बुझाएको खाकाका आधारमा सरकार, आन्दोलनरत विद्यार्थी र संचालकहरूको बैठक बसेर शुल्क फिर्ता गर्ने सहमति भएको हो ।

मेडिकल कलेजहरूले बढी शुल्क असुलेको भन्दै पीडित विद्यार्थीहरू दुई महिनादेखि आन्दोलनरत छन् । सरकारले शुल्क फिर्ता नगरे संचालकलाई पक्राउ गरी बढी शुल्क असुल गर्ने र ठगी मुद्दा चलाउने चेतावनी दिएपछि संचालकहरू आफूहरुले लिएको बढी शुल्क फिर्ता गर्न तयार भएका हुन् ।



You might also like
Loading...