नवलपरासीको बासाबसही चोकमा सिसी क्यामेरा जडान


 



परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नंबर १ मा मंगलबार ६ वटा सिसि क्यामरा जडान गरिएको छ ।
सरावल गाउँपालिकाको आर्थिक सहयोगमा सरावल गाउँपालिका वडा नंबर १ स्थित बासाबसही चोकमा ४ वटा र बासाबसही प्रहरी परिसरमा २ वटा गरि ६ वटा सिसि क्यामरा जडान गरिएको हो ।





केही दिन अगाडि सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, उपाध्यक्ष उत्तमा राय, वडा नंबर १ का वडाध्यक्ष भेषनारायन चौधरी, २ का वडाध्यक्ष शम्भु चौधरी, ३ का वडाध्यक्ष अणेन्द्र नाथ राय लगायत जनप्रतिनिधिहरु र बासाबसही प्रहरी चौकीका प्रहरी बीच सम्पन्न भएको छलफलमा जनप्रतिनिधिहरुले बासाबसही चोकको शान्ति सुरक्षामा प्रहरीको चुनौती बारे राखेको जिज्ञासामा बासाबसही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लिल बहादुर विकले जानकारी गराए ।तत्पश्चात सरावल गाउँपालिकाले ६ वटा सिसि क्यामरा जडान गरेको र अझै केही सिसि क्यामरा जडान कार्य बाकि रहेको सरावल गाउँपालिकाकी उपाध्यक्ष श्री उत्तमा रायले जानकारी दिए ।
पूर्व पश्चिम राजमार्गमा अहिलेको समयमा सवारी साधनको चाप अत्यधिक बढेको र बढ्दो सहरीकरणले गर्दा चोरी पैठारी बढेको भन्ने गुनासो आइरहदा राजमार्ग आसपासका क्षेत्रहरुमा सिसि क्यामरा जडान कार्य थालिएको हो ।



सम्बन्धित
Loading...