मेडिकल संचालक पक्राउ
दैलेख : दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरेको छ।
लागुऔषधको मुद्दामा पक्राउ परेका एक युवाले अनुसन्धानका क्रममा मल्ल मेडिकल हलको नाम लिएपछि संचालक मल्ललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। जिल्ला अदालत दैलेखबाट पक्राउ पुर्जीको आदेश माग गरेर संचालक मल्ललाई फक्राउ गरिएको वलीले बताए।
‘मेडिकलको नाम जोडिएपछि हामीले संचालकलाई अनुसन्धानका लागि ल्याएको छौँ’ उनले भने। अनुसन्धानको क्रममा प्रमाण भेटिए कानुनअनुसार मल्लमाथि कार्वाही अगाडि बढाउँने प्रहरी प्रमुख वलीले बताए।