सर्दीको खहरे खोलामा महिलाको शव फेला

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट सर्दी जाने बाटोमा पर्ने खहरे खोलामा एक जना महिलाको शव फेला परेको छ ।
विहीबार प्रहरीले उक्त शव फेला परेको जनाएको छ । रुखमा सल झुण्डिएको र महिला भने भुईमा लडिरहेको अवस्थामा शव फेला परेको हो ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।