प्रधानमन्त्री ओली अझै सोमबारसम्म आईसीयूमै रहने


प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै सोमबारसम्म आईसीयूमा नै राखेर उपचार गरिने भएको छ ।



गत मंगलबार एपेन्डिसाइटिस भएपछि आकस्मिक शल्यक्रिया गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

शुक्रबार अस्पतालमा पत्रकार सम्मेलन गरेर उनका निजी चिकित्सक दिव्यासिंह शाह र प्रकाश सायमीले प्रधानमन्त्रीलाई अझै पनि संक्रमणको खतरा रहेकाले अस्पतालमै राखेर उपचार गरिने जानकारी दिएका हुन् ।




प्रधानमन्त्रीको मिर्गौलाले राम्ररी काम नगरेको र एपेन्डिसाइटिस फैलिएका कारण संक्रमणको उच्च देखिएका कारण लामो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएको हो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री १० दिनपछि नर्मल अवस्था फर्किने समेत जानकारी दिइएको छ । उनको उपचारमा शाह र सायमीसहित रमेश सिंह, आईसीयूका डा.सुवास आचार्यसहित अस्पतालका निर्देशक उत्तमकृष्ण श्रेष्ठ समेत संलग्न छन् ।



सम्बन्धित
Loading...