नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह पक्राउ
काठमाडौंका विभिन्न कन्सलटेन्सीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर विद्यार्थीहरुलाई विदेश पठाउने गरेको पाइएको छ । प्रमाणपत्र बनाएबापत मोटो रकम असुलेर उनीहरुलाई विदेश पठाउने गरेका हुन् ।
यसरी शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाउने कन्सलटेन्सीका सञ्चालकहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको सीआईबी स्रोतले जनाएको छ ।