ब्याट्सम्यानले प्रहार गरेको बलले लागेर रेफ्रीको मृत्यु


क्रिकेट खेलका क्रममा एक रेफ्रीको निधन भएको छ । चर्चित रेफ्री जोन विलियम्सको बलले लागेर भएको ‘हेड इन्जुरी’ का कारण मृत्यु भएको छ ।



इङ्ल्यान्डको क्रिकेट क्लबको खेलका क्रममा एक ब्याट्सम्यानले तीव्र गतिमा खेलेको शट सिधै एम्पायरको टाउकोमा लागेको थियो ।

त्यसपछि एम्पायर घाइते भएका थिए र पछि उनको मृत्यु भएको हो । क्रिकेट क्लबको खेलका क्रममा ८० वर्षीय एम्पायर जोन विलियम्सको निधन हुन पुगेको हो ।




क्रिकेट खेलका क्रममा घाइते भएका उनलाई करिब कार्डिफको युनिभर्सिटी हस्पिटल अफ वेल्समा भर्ना गरिएको थियो । गत जुलाईमा बलले लागेर घाइते भएपछि उनी कोमामा गएका थिए ।

दुई सातअघि उनलाई उनको घर नजिकै रहेको विथबस अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनको मृत्यु एक गम्भीर ‘हेड इन्जुरी’ कारण भएको अस्पतालले जनाएको छ । यसअघि पनि क्रिकेट खेलका क्रममा बलले लागेर खेलाडीको मृत्यु भएका प्रशस्त घटना छन् ।



सम्बन्धित
Loading...