बुंदीकाली ५ मा मतगणना शुरु नेकपाको अग्रता

नवलपरासी । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षको पदका लागि भएको निर्वाचनको मतगणना शुरु भएको छ ।
करिब ३ सय मत गणना सकिंदा नेकपाका खिमबहादुर थापा खरु मगरले १ सय ९५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका तुलबहादुर राना मगरले ८२ र समाजवादी पार्टीका पितमबहादुर राना मगरले २ मत प्राप्त गरेका छन् । अब केही बेरमा अन्तिम मत परिणाम आउने बताइएको छ ।
यहाँ ८ सय ५३ मतदाता रहेकोमा ६ सय १५ मत खसेको थियो । मतगणना पौने ९ बजेबाट शुरु भएको थियो ।