चितवनमा प्रचण्ड–रेणुसँग कांग्रेसले लियो बदला, वडाध्यक्षमा कार्की विजयी


भरतपुर । चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छिन् ।



नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेकी कार्कीले ८४२ मतसहित विजयी हात पारेकी हुन् ।




सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्षका उम्मेदवार पुननारायण प्रधानले ७५६ मत पाएका छन् ।

नेपाली कांग्रेसकी कार्कीले नेकपाका प्रधानलाई ९६ मतको अन्तरले जितेकी छिन् ।

यो वडा यसअघि पनि नेपाली कांग्रेसले जितेको थियो । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्लामा नेपाली कांग्रेसले आफ्नो बर्चश्वलाई कायम राखेको छ ।



सम्बन्धित
Loading...