चितवनकाे ३ वटै वडामा काँग्रेस विजयी, भरतपुर १६ नेकपाले गुमायाे
चितवनकाे ३ वटै वडामा नेपाली काँग्रेस विजयी भएकाे छ । उप निर्वाचनमा भरतपुर १६ मा नेकपाले पराजय बेेेेेहाेेेरेकाे छ।
भरतपुर महानगरपालिका १६ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी भएका हुन् ।
उनले नेकपाका भक्तराज हमाललाई पराजित गरेका हुन् । अमृतराजले ३१८३ मत प्राप्त गरेभने भक्तराजले २८७५ मत प्राप्त गरे । यसअघि सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार विजयी भएका थिए ।
त्यस्तै चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसकी प्रतिमा कार्की विजयी भएकी छिन् ।
नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवार बनेकी कार्कीले ८४२ मतसहित विजयी हात पारेकी हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वडाध्यक्षका उम्मेदवार पुननारायण प्रधानले ७५६ मत पाएका छन् ।
नेपाली कांग्रेसकी कार्कीले नेकपाका प्रधानलाई ९६ मतको अन्तरले जितेकी छिन् ।
यो वडा यसअघि पनि नेपाली कांग्रेसले जितेको थियो । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्लामा नेपाली कांग्रेसले आफ्नो बर्चश्वलाई कायम राखेको छ ।
त्यसैगरी चितवनको खैरहनी नगरपालिका ४ मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेद्वार देव बहादुर बस्नेतले नेकपाका उम्मेद्वार वेद बहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गरेका हुन् ।

