पश्चिम नवलपरासीमा एक बर्षमा २७ महिला बलात्कृत
- रामकरण हरिजन
पश्चिम नवलपरासीमा गत एक बर्षमा २७ जना महिला जबरजस्ती करणीको सिकार भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५।०७६ मा २७ जना महिला तथा बालबालिका जबरजस्ती करणीका सिकार भएका हुन् ।
त्यसैगरी ७ जनामाथि जबरजस्ती करणीको प्रयास भएको छ भने ४ जना बालयौन दुव्र्यवहारको सिकार भएका छन् ।
त्यसैगरी ११ महिला मानववेचविखनका सिकार भएका छन् ।